बाढी प्रभावितको मानव अधिकारप्रति संवेदनशील बन्न आग्रह « Khabarhub

बाढी प्रभावितको मानव अधिकारप्रति संवेदनशील बन्न आग्रह


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचार गराउन माग गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त बाढी पहिरोका कारण मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र आवत जावत सञ्चालन गर्न माग गरिएको छ ।

‘बाढीमा परी अझै हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क, भरपर्दो उपचार गराउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवतजावत सञ्चालन गर्न, संकटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपदको अवस्था र विपद्पश्चात गरिनुपर्ने कार्यको प्रभावकारी योजना बनाउन जरुरी छ ।’

आयोगले संकटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन सरकारलाई आग्रह गरेको छ ।  यस विपद्पूर्ण घडीमा राज्यका निकायले गर्ने कार्यलाई आ–आफ्नो भूमिकामा रहेर सघाउनसमेत आयोगले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आयोगले बाढीपश्चात् धनजनको क्षति न्यून गर्न उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्बद्ध निकायबाट भएको कार्यप्रति धन्यवाद ज्ञापन गरेको छ ।

उक्त बाढीमा परेकामध्ये हालसम्म नौ वटा मानव अङ्ग फेला परेको, १९ जना हराइरहेका र दर्जनौँ घाइते हुनुका साथै सवारिसाधन, भवन, सडक, हाइड्रोपावर जस्ता भौतिक सम्पत्तिमा क्षति पुगेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ । 

उक्त घटनाको अनुगमनका लागि आयोगको अनुगमन टोली रसुवा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ५७ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु