असार २४ गतेसम्म सरकारलाई साढे तीन खर्ब घाटा « Khabarhub

असार २४ गतेसम्म सरकारलाई साढे तीन खर्ब घाटा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकार झण्डै साढे तीन खर्ब घाटामा पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २४ गते साँझसम्म सरकारको आम्दानीभन्दा खर्च तीन खर्ब ४६ अर्ब ७० करोड ४९ लाख रुपैयाँले बढी भएको हो ।

असार २४ गतेसम्म सरकारले ऋण बाहेक ११ खर्ब १९ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ भने १४ खर्ब ६६ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको सुरुवाती बजेटमार्फत चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा असार २४ गतेसम्म जम्मा ७६.१ प्रतिशत मात्रै आम्दानी गर्न सफल भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा सुरुवाती बजेटमार्फत् १८ खर्ब ६० करोड ३० लाख ३० हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा असार २४ गतेसम्म जम्मा लक्ष्यको ७८.८४ प्रतिशत मात्रै खर्च गरेको छ । जुन खर्चमध्ये सबैभन्दा धेरै चालुतर्फ मात्रै नौ खर्ब ६४ अर्ब एक करोड भएको छ भने पुँजीगत तर्फ जम्मा एक खर्ब ८६ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।

सरकारले लक्ष्यअनुसार असार २४ गतेसम्म सबैभन्दा धेरै वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब १५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ अर्थात् लक्ष्यको ८६.०३ प्रतिशत खर्च गरेको छ ।

आज राति १२ बजेबाट एक हप्ताका लागि सरकारले भुक्तानी प्रणालीलाई बन्द गर्ने गर्छ । आज २५ गते सरकारको प्रणालीबाट हुने भुक्तानी र चेक काटेर बाँकी रहेर पछि हुने भुक्तानीलाई जोड्दा चालु आर्थिक वर्षमा सरकारको बजेट घाटा थप बढ्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ०० बजे

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त