अन्तरघात आरोपमा चुनावको तीन वर्षपछि डेढ दर्जन नेतालाई कारबाहीको डन्डा « Khabarhub

कांग्रेस अनुशासन आयोगको निर्णय

अन्तरघात आरोपमा चुनावको तीन वर्षपछि डेढ दर्जन नेतालाई कारबाहीको डन्डा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ ।

२०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको पुष्टि भएपछि ती १८ जना नेतालाई कांग्रेसले कारबाही चलाएको हो ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार ६ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।

समितिले १२ जना नेतालाई निश्चित अवधिका लागि निलम्बन गरेको छ । समितिका संयोजक ढुंगानाले अरू ६ जनालाई एक वर्षका लागि पार्टीबाट निस्कासन गरिएको जानकारी दिए ।

उनले बाँकी १२ मध्ये ११ जनालाई ६ महिनाका लागि र एक जनालाई तीन महिनाका लागि निलम्बन गरिएको बताए ।

ढुंगानाका अनुसार असार ९–१७ गतेसम्म बसेको समितिको बैठकले गत निर्वाचनमा पार्टी हितविपरीत गतिविधिमा संलग्नहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टीबाट निष्कासनमा पर्नेहरूमा प्रदेश महामन्त्री, जिल्ला सभापति र प्रदेश सरकारका पूर्वमन्त्रीसम्म परेका छन् । यस्तै पार्टीका पूर्वजिल्ला सभापतिदेखि क्रियाशील सदस्यसम्मका नेता–कार्यकर्ताहरू तीनदेखि छ महिनालाई निलम्बनमा परेका छन् ।

एक वर्षका लागि निष्कासित

विक्रम खनाल, महामन्त्री (लुम्बिनी प्रदेश)
कुमार खड्का, पूर्वमन्त्री (गण्डकी प्रदेश)
विष्णुकमार राई, सभापति (खोटाङ)
तुलसी सुब्बा, महासमिति सदस्य (तेह्रथुम)
अरविन्दकुमार गुप्ता, क्षेत्रीय सभापति (पर्सा–१)

६ महिनालाई निष्कासित

आनन्द यादव, सभापति (लक्ष्मीनिया गाउँपालिका, धनुषा)

६ महिनालाई निलम्बन

खटरू यादव, नगर सभापति (सबैला नगरपालिका, धनुषा)
रामबाबु यादव, (धनुषाधाम नगरपालिका–१, धनुषा)
फुलगेन यादव, सभापति (मुखियापट्टी मुसहरनिया, धनुषा)
भावना श्रेष्ठ, क्षेत्रीय सहसचिव (कास्की–२)
पूर्णकुमार कुँवर, पूर्व सचिव (कैलाली)
भीम्बहादुर शाह, महाधिवेशन प्रतिनिधि (धनगढी उपमहानगरपालिका–२, कैलाली)
आनन्दराज जोशी, पूर्व महासमिति सदस्य (धनगढी उपमहनगरपालिका–१, कैलाली)
रवीन्द्रप्रताप सिंह, क्षेत्रीय प्रतिनिधि (धनगढी उपमहानगरपालिका–२, कैलाली)
लेखराज ओझा, क्रियाशील सदस्य (धनगढी उपमहानगरपालिका–१, कैलाली)
सुभाष चन्द, क्रियाशील सदस्य (धनगढी उपमहानगरपालिका–५, कैलाली)
बब्लुकुमार चौधरी, पूर्व महाधिवेशन प्रतिनिधि (कैलाली)

तीन महिनालाई निलम्बन

कृष्ण केसी, पूर्व सभापति (कास्की)

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ०९ बजे

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए

तेहरान- इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली– कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको