अन्तरघात आरोपमा चुनावको तीन वर्षपछि डेढ दर्जन नेतालाई कारबाहीको डन्डा | Khabarhub Khabarhub

कांग्रेस अनुशासन आयोगको निर्णय

अन्तरघात आरोपमा चुनावको तीन वर्षपछि डेढ दर्जन नेतालाई कारबाहीको डन्डा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ ।

२०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको पुष्टि भएपछि ती १८ जना नेतालाई कांग्रेसले कारबाही चलाएको हो ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार ६ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।

समितिले १२ जना नेतालाई निश्चित अवधिका लागि निलम्बन गरेको छ । समितिका संयोजक ढुंगानाले अरू ६ जनालाई एक वर्षका लागि पार्टीबाट निस्कासन गरिएको जानकारी दिए ।

उनले बाँकी १२ मध्ये ११ जनालाई ६ महिनाका लागि र एक जनालाई तीन महिनाका लागि निलम्बन गरिएको बताए ।

ढुंगानाका अनुसार असार ९–१७ गतेसम्म बसेको समितिको बैठकले गत निर्वाचनमा पार्टी हितविपरीत गतिविधिमा संलग्नहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टीबाट निष्कासनमा पर्नेहरूमा प्रदेश महामन्त्री, जिल्ला सभापति र प्रदेश सरकारका पूर्वमन्त्रीसम्म परेका छन् । यस्तै पार्टीका पूर्वजिल्ला सभापतिदेखि क्रियाशील सदस्यसम्मका नेता–कार्यकर्ताहरू तीनदेखि छ महिनालाई निलम्बनमा परेका छन् ।

एक वर्षका लागि निष्कासित

विक्रम खनाल, महामन्त्री (लुम्बिनी प्रदेश)
कुमार खड्का, पूर्वमन्त्री (गण्डकी प्रदेश)
विष्णुकमार राई, सभापति (खोटाङ)
तुलसी सुब्बा, महासमिति सदस्य (तेह्रथुम)
अरविन्दकुमार गुप्ता, क्षेत्रीय सभापति (पर्सा–१)

६ महिनालाई निष्कासित

आनन्द यादव, सभापति (लक्ष्मीनिया गाउँपालिका, धनुषा)

६ महिनालाई निलम्बन

खटरू यादव, नगर सभापति (सबैला नगरपालिका, धनुषा)
रामबाबु यादव, (धनुषाधाम नगरपालिका–१, धनुषा)
फुलगेन यादव, सभापति (मुखियापट्टी मुसहरनिया, धनुषा)
भावना श्रेष्ठ, क्षेत्रीय सहसचिव (कास्की–२)
पूर्णकुमार कुँवर, पूर्व सचिव (कैलाली)
भीम्बहादुर शाह, महाधिवेशन प्रतिनिधि (धनगढी उपमहानगरपालिका–२, कैलाली)
आनन्दराज जोशी, पूर्व महासमिति सदस्य (धनगढी उपमहनगरपालिका–१, कैलाली)
रवीन्द्रप्रताप सिंह, क्षेत्रीय प्रतिनिधि (धनगढी उपमहानगरपालिका–२, कैलाली)
लेखराज ओझा, क्रियाशील सदस्य (धनगढी उपमहानगरपालिका–१, कैलाली)
सुभाष चन्द, क्रियाशील सदस्य (धनगढी उपमहानगरपालिका–५, कैलाली)
बब्लुकुमार चौधरी, पूर्व महाधिवेशन प्रतिनिधि (कैलाली)

तीन महिनालाई निलम्बन

कृष्ण केसी, पूर्व सभापति (कास्की)

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ०९ बजे

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई