अर्थसंक्षेप : असार २४ सम्म सरकार साढे तीन खर्ब घाटामा, २२ अंकले बढ्यो नेप्से र मंगलाको सिँचाइ १५ वर्षपछि पुन:र्निर्माण « Khabarhub

अर्थसंक्षेप : असार २४ सम्म सरकार साढे तीन खर्ब घाटामा, २२ अंकले बढ्यो नेप्से र मंगलाको सिँचाइ १५ वर्षपछि पुन:र्निर्माण


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन् ।

संघीय संसदको अर्थ समितिमा बोल्दै उनले विगतमा ‘हर्ड मेन्टालिटी’मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए ।

‘अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्छ’, उनले भने ।

टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू ?

पोखरा विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोडको बजेट पारित

दुई दिनको गिरावटपछि २२ अंकले बढ्यो नेप्से, बैंकिङ समूहमा आकर्षण

सोमबार दोहोरो र मंगलबार झिनो अंकले शेयर बजार घटेपछि बुधबार बढेको छ । दुई दिनको करेक्सनपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.०४ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ०.८२ प्रतिशतले बढेर २७०५.९० विन्दुमा पुगेको छ ।

दिनभरमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर कारोबार भएको छ ।

बुधबार १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

दिनभरमा ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ८८४ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये फाइनान्स ०.३८ प्रतिशतले र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बाहेक अन्य ११ वटा समूह भने बढेको छ ।

पन्ध्र वर्षपछि सिँचाइ आयोजना पुनर्निर्माण

षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा

असार २४ गतेसम्म सरकारलाई साढे तीन खर्ब घाटा

चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकार झण्डै साढे तीन खर्ब घाटामा पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २४ गते साँझसम्म सरकारको आम्दानीभन्दा खर्च तीन खर्ब ४६ अर्ब ७० करोड ४९ लाख रुपैयाँले बढी भएको हो ।

असार २४ गतेसम्म सरकारले ऋण बाहेक ११ खर्ब १९ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ भने १४ खर्ब ६६ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको सुरुवाती बजेटमार्फत चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा असार २४ गतेसम्म जम्मा ७६.१ प्रतिशत मात्रै आम्दानी गर्न सफल भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ०६ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त