रोल्पाको थबाङमा करोडौं भुक्तानी रोकेर भागे कर्मचारी « Khabarhub

रोल्पाको थबाङमा करोडौं भुक्तानी रोकेर भागे कर्मचारी


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पाको थबाङ गाउँपालिकाका सात जना कर्मचारी असार २४ गते बिहानदेखि सम्पर्कविहीन भएका छन्। असार मसान्त नजिकिँदै गर्दा गाउँपालिकाका कर्मचारी करोडौं भुक्तानी रोकेर सम्पर्कविहीन भएका हुन् ।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले जारी गरेको विज्ञप्तिअनुसार प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी हालसम्म सम्पर्कमा नआएका कारण गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ।

असारमसान्त सम्म गर्नुपर्ने ५ देखि ६ करोड सम्म भुक्तानी अझै बाँकी रहेको र कर्मचारी सम्पर्कविहीन हुँदा समस्या उत्पन्न भएको पालिकाले जनाएको छ । यसअघि कर्मचारीले उक्त रकम भुक्तानीका लागि व्यवसायीसँग घुस मागेको स्रोत बताउँछ । व्यवसायीले घुस दिन अस्वीकार गरेपछि उनीहरु भुक्तानी नगरी सम्पर्कबिहीन भएको बताइएको छ । स्रोतका अनुसार उनीहरु बागलुङको एक होटलमा मोबाइल अफ गरेर बसिरहेका रहेका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या उत्पन्न भएपछि मिति असार २३ गते बेलुका ७ देखि असार २४ बिहान ८ बजेसम्म नेटवर्क अवरुद्ध भएको थियो। सोही समयमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर रुकुम पूर्वमा आर्थिक कार्यको सिलसिलामा जाने भनी कार्यालयबाट निस्केका थिए। उनीसँगै आर्थिक प्रशासन प्रमुख, दुईजना सवइन्जिनियर, प्रशासन शाखा प्रमुख, खजाञ्ची सहायक टेक्निसियन र सवारी चालकसमेत थिए।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार ती सातैजना असार २४ बिहान ७ बजेदेखि असार २५ सम्म सम्पर्कमा आएका छैनन्। खोजतलास गर्दा उनीहरू रुकुम पूर्वमा पनि नभेटिएको र सम्पर्क गर्ने प्रयास गर्दा सबैको मोबाइल फोन अफ देखिएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरूले यस पालिकामा जानकारी गरिदिनुहुन यो प्रेस विज्ञप्ति जारी गरिएको छ।’

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ५५ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु