बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह « Khabarhub

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा लगातार भइरहेको भारी वर्षाका कारण बाढी र भूक्षयको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

मंगलबार एक सूचना जारी गर्दै जिप्रका उदयपुर सप्तकोशी र सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचना अनुसार तिब्बत क्षेत्रबाट बहने नदीनालामा पानीको बहाव तीव्र रूपमा बढ्ने सम्भावना रहेको छ।

हालै चीनको तिब्बत क्षेत्र हुँदै रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसहितका संरचनामा गम्भीर क्षति पुर्‍याएको र मानविय क्षति समेत भएकोले सावधानी अत्यावश्यक भएको प्रशासनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिमयुक्त सडक तथा नदी किनार क्षेत्रमा सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन अनुरोध छ।” साथै, जिल्लाका सबै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा विपद् सूचकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, र सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी विपद् न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी अघि बढाउन पनि अनुरोध गरिएको छ।

बर्षातको बेला जल सतह अचानक बढ्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन र आधिकारिक सूचनामार्फत जानकारी लिन प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : ४५ बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति