आज २०८२ साल साउन २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २४ गते शनिबारको राशिफल


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २४ गते शनिबार। साउन शुक्ल पक्षको पूर्णिमा। ऋषी तर्पणी। रक्षा बन्धन। जनै पूर्णिमा। तदनुसार सन् २०२५ अगष्ट ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। यात्रा फलदायी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सहज छ। आफ्नो मूल्यांकन गर्न नसक्दा अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। समाजमा सेवाको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक नेतृत्वबाट भने त्रास बढ्नेछ।

कर्कट : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। जागिरमा बढुवा हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। परिवारभित्र आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ। हल्ला गर्नुभन्दा काम गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। प्रशंसा सुन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन सामान्य छ। तपाईंको श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ।

वृश्चिक : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको टकराबले तपाईंलाई फाइदा पुग्ने देखिन्छ।

धनु : दिन राम्रो छ। शुभ ग्रहको बहुमत रहेको छ। आज गरेको लगानी दीर्घकालसम्म टिक्ने योग छ। परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। ठु्ला व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ०७ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ