पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा « Khabarhub

पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

देउवाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण नेपालमा विभिन्न जातजाति/समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू रहेको उल्लेख गरेका छन् ।

‘विभिन्न चाडपर्वमध्ये श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्त्वपूर्ण पर्वहरू हुन्, जसले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका छन्’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताए । उनले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ११ बजे

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ