राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण | Khabarhub Khabarhub

राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका थिए ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट आज निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले  रक्षाबन्धन ग्रहण गरेका छन् ।
 
यसअघि आजै राष्ट्रपति पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवं रक्षाबन्धनको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने  विश्वास व्यक्त गरेका छन् ।
 
जनैपूर्णिमा एवं ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व  र परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका चाडपर्वले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गगरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ४६ बजे

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न

‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

आडिस आबाबा – अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन्