अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा « Khabarhub

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरमा यातायात सञ्चालनमा आएको छ । 

बागलुङ नगरपालिका–१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर शनिबार बिहान १० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । 

कोरिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद भएको थियो । सडक सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौलीलगायतका स्थानमा जाने सवारी साधन पनि गन्तव्यतर्फ लगेको प्रहरी निरीक्षक थापाले बताए।

उनले भने, ‘रातिनै सडक खुलाउने प्रयास गरेका थियौँ, तर भारी वर्षा भइरहेको र पहिरो पनि खसिरहेको हुँदा खुलाउन सकिएन, आज बिहानैदेखि मेसिन लगाएर सडक खुलेको छ, सडक खुलेपछि अलपत्र सवारी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।’
 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ५१ बजे

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन

गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका