स्वास्थ्यतर्फका सशर्त अनुदान क्रियाकलाप सञ्चालनका लागि मार्गदर्शन तयार « Khabarhub

स्वास्थ्यतर्फका सशर्त अनुदान क्रियाकलाप सञ्चालनका लागि मार्गदर्शन तयार


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ मा स्थानीय तहबाट सञ्चालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका क्रियाकलापहरू सञ्चालन मार्गदर्शन तयार पारेको छ । 

यो मार्गदर्शनले स्वास्थ्य क्षेत्रसँग सम्बद्ध कार्यक्रमहरूको निर्दिष्ट उद्देश्य बमोजिम कार्य सञ्चालनमा एकरुपता भई कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सहजीकरण प्रदान गर्ने मन्त्रालयको अपेक्षा छ । 

कार्यक्रम सम्पन्न भइसकेपछि सम्बन्धित प्रदेश मन्त्रालय, संघको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एवम् सम्बन्धित विभाग, महाशाखा तथा केन्द्रमा प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

साथै स्थानीय तहको आन्तरिक श्रोतबाट सञ्चालित स्वास्थ्य क्षेत्र सम्बन्धित कार्यक्रमहरूको विवरण समेत प्रतिवेदनमा पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ । 

मन्त्रालयले तयार पारेको मार्गदर्शनमा स्वास्थ्य सेवा सुधार देखि आर्युवेद सेवा सम्मका कार्यक्रमहरू समेटिएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ३३ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।