स्वास्थ्यतर्फका सशर्त अनुदान क्रियाकलाप सञ्चालनका लागि मार्गदर्शन तयार | Khabarhub Khabarhub

स्वास्थ्यतर्फका सशर्त अनुदान क्रियाकलाप सञ्चालनका लागि मार्गदर्शन तयार


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ मा स्थानीय तहबाट सञ्चालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका क्रियाकलापहरू सञ्चालन मार्गदर्शन तयार पारेको छ । 

यो मार्गदर्शनले स्वास्थ्य क्षेत्रसँग सम्बद्ध कार्यक्रमहरूको निर्दिष्ट उद्देश्य बमोजिम कार्य सञ्चालनमा एकरुपता भई कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सहजीकरण प्रदान गर्ने मन्त्रालयको अपेक्षा छ । 

कार्यक्रम सम्पन्न भइसकेपछि सम्बन्धित प्रदेश मन्त्रालय, संघको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एवम् सम्बन्धित विभाग, महाशाखा तथा केन्द्रमा प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

साथै स्थानीय तहको आन्तरिक श्रोतबाट सञ्चालित स्वास्थ्य क्षेत्र सम्बन्धित कार्यक्रमहरूको विवरण समेत प्रतिवेदनमा पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ । 

मन्त्रालयले तयार पारेको मार्गदर्शनमा स्वास्थ्य सेवा सुधार देखि आर्युवेद सेवा सम्मका कार्यक्रमहरू समेटिएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ३३ बजे

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न

‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

आडिस आबाबा – अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन्