भदौ १५ गते अठारौँ पुस्तकालय दिवस मनाउने तयारी « Khabarhub

भदौ १५ गते अठारौँ पुस्तकालय दिवस मनाउने तयारी


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित आगामी भदौ १५ गते अठारौँ पुस्तकालय दिवस मनाउने तयारी भइरहेको छ । यस सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा गत साउन १८ गते बसेको पुस्तकालय दिवस मूल समारोह समितिको बैठकले दिवसलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् ७ सय ५३ स्थानीय तह, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत् ७७ वटा शिक्षा विकास तथा समन्वय एकाइहरू, विश्वविद्यालय अनुदान आयोगमार्फत् सबै विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक संस्था तथा पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी संघसंस्थाहरूमा विविध कार्यक्रम गरी दिवस मनाउन अनुरोध गर्ने निर्णय गरेको छ।

यसैक्रममा सम्बन्धित सबैलाई पुस्तकालय दिवसका अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गरी तिनको प्रतिवेदन सचिवालयमा पठाउन परिपत्र गरी जानकारी गराउन अनुरोध गरिएको छ। पुस्तकालय दिवसका लागि यस वर्षको तय गरिएको आदर्श वाक्य “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” रहेको छ ।

नेपालभरि पुस्तकालय विकास, पाठक, पुस्तक, पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रहरूमा उल्लेखनीय योगदान पु¥याएका योग्य पुस्तकालय, पुस्तकालय अभियन्ता र पुस्तकालयकर्मीहरूको विवरण सङ्कलन सुरु गरिएको छ। यस अन्तर्गत देशभरका उत्कृष्ट पुस्तकालयहरू र तिनका अभियन्तालाई पुरस्कारका लागि छनोट प्रक्रियामा समावेश गरि कार्य मूल्यांकनका आधारमा पुरस्कृत तथा सम्मानित गर्ने कार्यक्रम समेत रहेको छ ।

यस कार्यक्रममार्फत पुस्तकालय सेवा प्रवर्द्धनमा सक्रिय रहेका व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गरी नेपालमा पुस्तकालय क्षेत्रको विकासलाई अझ सशक्त बनाउने उद्देश्य राखिएको छ । आगामी पुस्ताका लागि पुस्तकालयलाई ज्ञान र सूचना पहुँचको साझा भविष्यको आधारशिला बनाउने विश्वास व्यक्त गरिएको छ ।

पुस्तकालय दिवसले यस क्षेत्रमा पुर्‍याएको योगदानलाई उच्च महत्व दिएर पुस्तकालयको समग्र विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  २ : ३७ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक