भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो  | Khabarhub Khabarhub

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। 

ताल, कुण्ड तथा पोखरीहरूमा स्नान गर्ने जनै पूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्ड जान नसकेका भक्तपुरवासी कालदहमा स्नानका साथै पूजाआजा गर्न जाने प्रचलन रहेको छ । 

 आजको दिन कालदहमा पूजाआजा गरे गोसाइँकुण्डमा पुगेजतिकै पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । कालदहमा पूजाआजापछि भक्तजनहरू जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् ।

यस्तै गोसाइँकुण्डको प्रतीक मानिने भक्तपुरको नगरकोटको महादेव पोखरीमा पनि स्थानीय तामाङ झाँक्री, लामा गुरु, स्थानीय समुदायलगायत काठमाडौँ उपत्यकावासी र काभ्रेको विभिन्न स्थानबाट मेला भर्न पुगेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : १४ बजे

म्याग्दीको ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः

मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा सम्पन्न

भादगाउँ– मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने)

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’

चितवन– चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन्

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

बागलुङ– बागलुङका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन