सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश  १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : २० बजे

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

काठमाडौं– उपन्यासकार राजेन्द्र वाग्लेले लेखेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जियानचाओ हिरासतमा

बेइजिङ- भावी विदेशमन्त्रीका लागि दावेदार मानिएका एक वरिष्ठ चिनियाँ कूटनीतिज्ञ

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न

रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई दुई दिनको समय

काठमाडौं– भूमि विधेयकका केही दफा स्पष्ट नभएका भन्दै सांसदलाई थप