पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला | Khabarhub Khabarhub

पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनैपूर्णिमाका अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ । 

हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रातदेखि जनैपूर्णिमाको दिनभर कुम्भेश्वर मन्दिर विशेष मेला लाग्ने गर्दछ । मेलामा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिवत रूपमा पूजागरी बाजा–गाजाका साथ कुम्भेश्वर परिसर परिक्रमा गराइन्छ ।

परिक्रमापश्चात् गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराई खटभित्र राखेर विधिपूर्वक पूजाआजा गरेपछि जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने कथन छ । महादेव जलमा विराजमान भएको प्रतीकस्वरूप सर्वेश्वर महादेवको मुकुटलाई मन्दिर परिसरमा भएको पोखरीमा स्नान गराई खटभित्र पूजा गरेर पोखरीमा राख्ने परम्परा छ ।

जनैपूर्णिमामा दिन पोखरीको बीचमा राखिएको सर्वेश्वर महादेवको दर्शन गर्नेको घुँइचो लाग्ने गर्दछ । बंगलामुखी मन्दिर परिसरस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने जनैपूर्णिको मेला किराँत कालदेखि सञ्चालन हुँदै आएको विश्वास छ । 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : २५ बजे

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने 

काठमाडौं– नेपाल लाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ

सरकारले सरकारसँग गरेको नौटंकी सम्झौता

दुई तिहाइको बलियो सरकारले पेरि अर्को कर्मकाण्ड देखायो, कार्य सम्पादन

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् दिगो हुँदैन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा

नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण  

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेपाली