शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी : सभापति थापा « Khabarhub

शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी : सभापति थापा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयकलाई अघि बढाइएको बताएका हुन् ।

उनले शिक्षक महासंघका पदाधिकारीहरूले आफूहरूसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको बताए । सभापति थापाले आफूले महासंघका अध्यक्ष, महासचिवलगायतसँग पटक–पटक छलफल गरेको र प्रायः जसो सबै विषय सहमतिमै टुङ्ग्याइएको जानकारी दिए ।

महासंघले अहिले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको तर सरकारले त्यसलाई स्वीकार नगरेको उनले बताए ।

समितिका सभापति थापाले अब अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गर्नका लागि उमेरहद नलाग्ने र उनीहरूले आयोग पास गर्न सकेनन् भने गोल्डेन ह्याण्डसेकमार्फत बिदाइ गरिने व्यवस्था ऐनमा समावेश गरिएको जानकारी दिए।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ६ : ०० बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको