‘जनै हराएको मान्छे’ को ट्रेलर सार्वजनिक « Khabarhub

‘जनै हराएको मान्छे’ को ट्रेलर सार्वजनिक


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा, रियर राई र सुषांक मैनालीको दमदार अभिनय देख्न पाइनेछ।

हिमाल न्यौपाने निर्देशित यो चलचित्र अगष्ट २२, २०२५ (भदौ ५, २०८२) शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरले सुरुको केही सेकेन्डमै दर्शकलाई आफ्नै परिवार, संस्कार र जीवनका पीडादायी क्षणमा पुर्‍याउँछ। विशेषगरी ‘आम’ गीतको भावपूर्ण धुनले कथाभित्रको भावनात्मक तानाबाना अझै गहिरो बनाएको छ।

कथाले पारिवारिक सम्बन्ध, सांस्कृतिक पहिचान र पुराना परम्पराले व्यक्तिगत जीवनमा ल्याउने दबाबको गहिरो चित्रण गर्छ। नामले नै संकेत गरेझैँ, ‘जनै हराएको मान्छे’ केवल एक घटनाको कथा मात्र होइन, एक पुस्ताबाट अर्को पुस्तामा सर्ने संस्कार र त्यसले जन्माउने भावनात्मक खाडलको अभिव्यक्ति हो।

ट्रेलरमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव टी पहारी, कबिता आले, सुषांक मैनाली लगायतका कलाकारका सशक्त अभिनय देख्न सकिन्छ । भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भवाना खापांगी मगर लगायत सह–कलाकारले कथालाई थप जीवन्त बनाएका छन्। बाल कलाकार आरोष भुसाल, अंशु ओली र श्रिष्टि खड्गीको उपस्थिति पनि हृदयस्पर्शी देखिन्छ।

फिल्मलाई कमल न्यौपाने र बिमल न्यौपानेले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा नारायण तिम्सिना, सी।एम। सिवाकोटी, आर।के। मानन्धर, सी।आर। बस्नेत, फिलिप डी।सी। र जेम्स महर्जन छन्। छायांकन नवीन गुरुङ र कृष्ण परियार ९ज्याक० ले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ८ : ५० बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको