कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं  पठाइयो « Khabarhub

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं  पठाइयो


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत आइतबार काठमाडौं पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उक्त झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ।

शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीहरूले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो जनाउँदै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ३० बजे

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक