माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ « Khabarhub

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

सोमबार राति बसेको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले जेनजी समूहको आन्दोलनमाथि गरेको बर्बर दमनको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।

​पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि गरेको हिंसक दमनको कडा शब्दमा विरोध गरिएको छ।

बैठकले देशभरका सबै जनतालाई आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा अगाडि बढाउन आह्वान पनि गरेको छ।

माओवादीका ​प्रमुख निर्णयहरू

​दमनको निन्दास् माओवादी केन्द्रले शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमनको निन्दा गर्दै आन्दोलनलाई शान्तिपूर्ण र संयमित ढंगले निरन्तरता दिने जनाएको छ।

​प्रधानमन्त्रीको राजीनामा मागस् पार्टीले इतिहासमै कलंकको रूपमा भएको नरसंहारको जिम्मेवारी लिँदै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।

​शोक व्यक्तस् दमनबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गरेको छ।

​शोकसभा घोषणास् प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा भोलि ९असोज २४ गते० दिउँसो ५ बजे देशभरका सबै स्थानमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने निर्णय गरिएको छ।

​न्यायिक छानबिन आयोग मागस् घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरिएको छ।

​लोकतान्त्रिक शक्तिसँग संवादस् देशलाई परिवर्तनको दिशामा अगाडि बढाउन सबै लोकतान्त्रिक शक्तिहरूसँग एकताबद्ध भई समस्या समाधान गर्न अपील गरेको छ।

​युवासँग संवादस् ‘जनजागरण’ अभियान र माओवादी केन्द्रबीच साझा अवधारणा निर्माण गर्न आगामी दिनमा युवा पुस्ताका प्रतिनिधिहरूसँग संवाद गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : १५ बजे

लगातारको वर्षापछि सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार