प्रचण्ड निवासमा आगजनी, लेखक र महासेठ निवासमा आक्रमण « Khabarhub

प्रचण्ड निवासमा आगजनी, लेखक र महासेठ निवासमा आक्रमण


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार आयोजित जेन-जी पुस्ताको प्रदर्शनमा भएको निर्मम दमनविरुद्ध आज बिहानैदेखि भइरहेको आन्दोलन क्रममा नेताहरूको घरमा आगजनी र तोडफोड भइरहेको छ ।

आन्दोलनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनी गरेका छन्‌ । खुमलटारस्थित दाहाल निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका प्रदर्शनकारीले भर्खरै आगजनी गरेका हुन्‌ ।

प्रदर्शनमा दमन भएपछि हिजै राजीनामा दिएका निर्वतमान गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकको घरमा पनि आक्रमण भएको छ । नैकापस्थित लेखकको घरमा आक्रमण भएको हो ।

यसैगरी, सत्तारुढ नेकपा (एमाले) का सचिव रघुवीर महासेठको जनपुरस्थित घरमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन्‌ ।

प्रदर्शनकारीहरू यतिखेर सत्तारुढ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ वरपर र प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा पनि प्रदर्शनरत छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ३५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते