जनकपुरधाममा जेन-जी पुस्ताको आन्दोलन  « Khabarhub

जनकपुरधाममा जेन-जी पुस्ताको आन्दोलन 


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा जेन–जी पुस्ताको आन्दोलन मंगलबार पनि जारी रहेको छ । सोमबार आन्दोलनको क्रममा राज्यको दमनपछि युवाहरूको मृत्यु भएपछि आन्दोलनलाई निरन्तरता दिइएको छ ।

मधेस सरकारको मुख्यालय मधेस भवनमा तोडफोड समेत गरिएको छ । जनकपुरधामको विभिन्न चोकमा जेन–जी पुस्ता र उनीहरूका समर्थनमा अन्य पुस्ताहरूले समेत प्रदर्शन गरिरहेका छन् ।

युवाहरूको एक समूहले जनकपुरधामको पसलहरूलाई बन्द गराएका छन् भने टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरिरहेका छन् । 

जनकपुरधामको रामानन्द चौक, जनकचौक लगायतको स्थानमा बिहानै देखि प्रदर्शन गरिरहेका छन् । अहिले जनकपुरधाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र