सांसद पदबाट राजीनामा दिने सुमना श्रेष्ठको घोषणा « Khabarhub

सांसद पदबाट राजीनामा दिने सुमना श्रेष्ठको घोषणा


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई “नरसंहारकारी”को संज्ञा दिएकी छन् । यस्तो सरकारलाई जवाफदेही बनाउने संसदको भूमिकामाथि पनि उनले प्रश्न उठाएकी छन्।

श्रेष्ठले सार्वजनिक वक्तव्यमार्फत भनिन्, ‘सांसदको काम भनेको सरकारलाई जवाफदेही बनाउने हो, तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो। यस्तो अवस्थामा संसदमा बस्नु नैतिकताले सम्भव छैन।’

उनले हालैको आन्दोलनलाई संकेत गर्दै जेन-जी पुस्तालाई दलहरूको भ्रममा नपरी आफ्नो नेतृत्व दाबी गर्न आह्वानसमेत गरेकी छन्। श्रेष्ठले सर्वदलीय बैठक जस्ता प्रक्रियाले देशलाई निकास नदिने बताएकी छन् ।

श्रेष्ठको राजीनामालाई सोमबारदेखि सुरू राजनीतिक संकट र आन्दोलनसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र