प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको आग्रह- राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्नुस् « Khabarhub

प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको आग्रह- राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्नुस्


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । 

उनीहरू दुवैले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । 

महामन्त्रीद्वय थापा र शर्माले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू लाई पनि फिर्ता आउन भनेका छन् । 

‘७ बँदेको औचित्य सकियो, सरकारबाट फिर्ता आउन मन्त्रीहरूलाई आग्रह,’ विज्ञप्तिमा लेखिएको छ, ‘राजीनामा दिएर नवीन राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह ।’

यसो लेखिएको छ विज्ञप्तिमा–
१) सरकार सही ढंगले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटकपटक आग्रह ग आग्रह ग¥यौँ । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली । अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका जेन–जी पुस्तामाथिको दमन निन्दनीय छ । तिनले कुनै कुर्सी मागेका थिएनन् । तर, सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो ।
२) ७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्यूलाई भर्खरै आग्रह गरेका छौँ । सभापतिज्यूले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य–अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौँ ।
३) प्रधानमन्त्रीले अविलम्ब पदत्याग गरेर ‘नविन राष्ट्रिय सहमति’ निर्माणका लागि ढोका खोल्नुपर्छ ।
४) जेन–जी पुस्तालाई हाम्रो अपील छ– तपाईंहरूको न्यायोचित माग पूरा गर्न हामी जोड गरिरहेका छौँ । आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईंहरूको सबल भूमिकाका लागि आग्रह गर्दछौँ ।
५) सबै राजनीतिक दललाई विद्यमान स्थितिमा खुला संवादमार्फत् संयमतापूर्वक समाधानको पहलमा ऐक्यवद्धताका लागि अपील गर्दछौँ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : १९ बजे

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज