प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख « Khabarhub

प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी श्रीमती डा. अञ्जना केसी थापाले साना छोराछारी, वृद्धवृद्धा र अशक्त बसिरहेको आफ्नो घरमा प्रदर्शनकारीले आगो लगाएकोमा दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो घरमा १४ र ११ वर्षका दुई जना छोरीहरु, ७० वर्षमाथिका वृद्धवृद्धा र अशक्त सदस्य रहेको जनाएकी छिन् ।

परिवारका सदस्य बसेको घरमा प्रदर्शनकारीले आगो लगाएको भन्दै जेनजीप्रति आक्रोश व्यक्त गरेकी छिन् । ‘जेनजीले साँच्चै यही चाहेका हुन् ?’ उनले लेखेकी छिन् ।

उनले यो प्रदर्शनमा हाम्रा जेनजीको मात्रै उपस्थित भएकोमा आफूलाई विश्वास नरहेको पनि उल्लेख गरिन् । आफ्ना केटाकेटीले रगत र मृत्यु नचाहेको उनको भनाइ छ ।

उनीहरुले परिवर्तन चाहेको र गगनले सधैँ यसैका लागि संघर्ष गरिरहेको उनले लेखेकी छिन् । उनले आफ्ना केटाकेटीले रगतको खोलोमा नुहाउन खोजेकोमा आफूलाई विश्वास नरहेको बताइन् ।

यसअघि प्रदर्शनकारीले रातोपुलस्थित महामन्त्री थापाको घरमा आगजनी गरेका थिए । अहिले मुलुकका विभिन्न स्थानमा व्यापक प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले दलका नेताहरुलाई निशाना बनाएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र