सीके राउतले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा « Khabarhub

सीके राउतले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरेलाई पत्र पठाएर उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष राउत बाहिर रहेका कारण इमेलमार्फत् राजीनामा दिइएको उनको सचिवालयले जनाएको छ ।

देशको वर्तमान आन्दोलन र अवस्थालाई ‘नौलो गणतन्त्र’ले मात्र सम्बोधन गर्न सक्ने आस्थाका साथ आफूले पदबाट राजीनामा दिएको राउतले राजीनामा पत्रमा लेखेका छन् ।

‘पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि आफूले पदको लालच नराखेको र जनतासँग उभिएको र जनतासँगै उभिने स्मरण समेत गराउन चाहन्छु,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ५ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र