सीके राउतले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा « Khabarhub

सीके राउतले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरेलाई पत्र पठाएर उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष राउत बाहिर रहेका कारण इमेलमार्फत् राजीनामा दिइएको उनको सचिवालयले जनाएको छ ।

देशको वर्तमान आन्दोलन र अवस्थालाई ‘नौलो गणतन्त्र’ले मात्र सम्बोधन गर्न सक्ने आस्थाका साथ आफूले पदबाट राजीनामा दिएको राउतले राजीनामा पत्रमा लेखेका छन् ।

‘पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि आफूले पदको लालच नराखेको र जनतासँग उभिएको र जनतासँगै उभिने स्मरण समेत गराउन चाहन्छु,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ३६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा