सेनाले भन्यो– राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु साझा दायित्व « Khabarhub

सेनाले भन्यो– राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु साझा दायित्व


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले जेनजी आन्दोलनको विश्लेषण गरिरहेको जनाएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाली सेनाले दुःखसमेत व्यक्त गरेको छ ।

नेपाली सेना, जनसम्पर्क निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको छ ।’

सेनाले सार्वजनिक सम्पत्तिको रक्षा हुनुपर्ने बताउँदै विज्ञप्तिमा भनेको छ, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’

विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेनाले सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : १९ बजे

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री