पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस् « Khabarhub

पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस्


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने सुझाव दिएका छन् ।

ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयद्वारा जारी वक्तव्यमा पूर्वराजाको भनाई उधृत गर्दै भनिएको छ, ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस र यसमा कसैको धुसपैठ नहोस भन्ने धारणा राखिबक्सेको छ ।’

आन्दोलनमा विदेशी घुसपैठ नहोस् भन्नेसमेत पूर्वराजाको चाहना रहेको विज्ञव्तिमा उल्लेख छ ।

सम्वाद सचिवलायको वक्तव्यमा अगाडि भनिएको छ, ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको निकालियोस् भन्ने चाहना राखी बक्सेको छ ।’

जेन–जीहरु देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर किशोरी र युवा युवतीहरु रहेको बताउँदै ज्ञानेन्द्रले काठमाडौं लगायत देशका धेरैजसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत आक्रोश पोखेको बताएका छन् ।

पूर्वराजाको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ । यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।

घटनामा ज्यान गुमाएका ती होनहार आत्माप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवलगायत सम्पूर्ण राजपरिवारबाट हार्दिक श्रद्धाञ्जली बक्सँदै तिनका अभिभावकजनमा समवेदना बक्सेको छ । समस्त घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ६ : ४१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ