पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस् « Khabarhub

पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस्


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने सुझाव दिएका छन् ।

ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयद्वारा जारी वक्तव्यमा पूर्वराजाको भनाई उधृत गर्दै भनिएको छ, ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस र यसमा कसैको धुसपैठ नहोस भन्ने धारणा राखिबक्सेको छ ।’

आन्दोलनमा विदेशी घुसपैठ नहोस् भन्नेसमेत पूर्वराजाको चाहना रहेको विज्ञव्तिमा उल्लेख छ ।

सम्वाद सचिवलायको वक्तव्यमा अगाडि भनिएको छ, ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको निकालियोस् भन्ने चाहना राखी बक्सेको छ ।’

जेन–जीहरु देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर किशोरी र युवा युवतीहरु रहेको बताउँदै ज्ञानेन्द्रले काठमाडौं लगायत देशका धेरैजसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत आक्रोश पोखेको बताएका छन् ।

पूर्वराजाको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ । यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।

घटनामा ज्यान गुमाएका ती होनहार आत्माप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवलगायत सम्पूर्ण राजपरिवारबाट हार्दिक श्रद्धाञ्जली बक्सँदै तिनका अभिभावकजनमा समवेदना बक्सेको छ । समस्त घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ४१ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये