जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ « Khabarhub

जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन-जी आन्दोलनलाई संयमित रुपमा अघि बढाउन अपिल गरेका छन् ।

उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै देशको सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेका हुन्।

आइतबार सार्वजनिक अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूले तीन पुस्तासम्म लुटेर जोडेका सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । यिनीहरू कानुनी दायरामा आउनैपर्छ। तर, हामीले अब अत्यन्त संयमित भई राष्ट्रको सम्पत्ति जोगाउन जरुरी छ।‘

उनले प्रहरी, न्यायालय र सुरक्षासम्बन्धी दस्तावेजहरू राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै ती क्षति हुँदा मुलुककै लागि गम्भीर परिणाम आउने चेतावनी दिए।

लामिछानेले आन्दोलनलाई शुद्ध रूपमा जेनजी पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, ‘म नागरिक सर्वोच्चताको पक्षमा छु र मुलुकको अबको नेतृत्व जेनजीकै माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्छ भन्नेमा स्पष्ट छु।’

कारागारबाट कानुनी प्रक्रियामार्फत् मात्रै मुक्त भई आमनागरिकबीच आएको उनले प्रष्ट्याउँदै आगामी दिनमा आवश्यक कानुनी प्रक्रियाका लागि आफू सदैव तयार रहने बताएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : २३ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार