आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ « Khabarhub

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा आफ्ना हेलिकोप्टरले कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतका लागि उडान नभरेको जनाएको छ ।

अध्यक्ष मनोज कार्कीले मङ्गलबार साँझ एक विज्ञप्ति जारी गर्दै कुनै पनि राजनीतिज्ञ र मन्त्रीलगायतका लागि निजी क्षेत्रवाट संचालित हेलिकप्टरहरुले कुनै पनि उडान नगरेको बताएका हुन्‌ ।

‘राजनीतिज्ञ, मन्त्री लगायतका अन्य महानुभावहरुलाई सदस्य वायुसेवा कम्पनीहरुका हेलिकप्टर प्रयोग गरी सुरक्षित स्थान तर्फ लगिएको भन्ने भ्रामक हल्ला प्रति यस संघको ध्यानाकर्षण भएको छ’, कार्कीले विज्ञप्तिमा लेखेका छन्‌, ‘यस प्रकारको कपोकल्पित, निराधार हल्ला प्रति नलाग्न यो संघ हार्दिक आग्रह गर्दछ ।’

हवाई टिकट लिएका सम्पूर्ण यात्रुहरूले विषम परिस्थितिका बाबजुद उडान भर्न नपाएको खण्डमा सदस्य वायुसेवा कम्पनीहरूबाट काटिएको टिकटको सम्पूर्ण रकम समेत फिर्ता गर्ने उनले जानकारी दिएका छन्‌ ।

विषम परिस्थितिका कारण आम जनसमुदायमा पर्न गएको असुविधाप्रति संघले क्षमायाचना पनि गरेको छ ।

सङ्घको विज्ञप्ति :

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ५५ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये