आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ « Khabarhub

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा आफ्ना हेलिकोप्टरले कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतका लागि उडान नभरेको जनाएको छ ।

अध्यक्ष मनोज कार्कीले मङ्गलबार साँझ एक विज्ञप्ति जारी गर्दै कुनै पनि राजनीतिज्ञ र मन्त्रीलगायतका लागि निजी क्षेत्रवाट संचालित हेलिकप्टरहरुले कुनै पनि उडान नगरेको बताएका हुन्‌ ।

‘राजनीतिज्ञ, मन्त्री लगायतका अन्य महानुभावहरुलाई सदस्य वायुसेवा कम्पनीहरुका हेलिकप्टर प्रयोग गरी सुरक्षित स्थान तर्फ लगिएको भन्ने भ्रामक हल्ला प्रति यस संघको ध्यानाकर्षण भएको छ’, कार्कीले विज्ञप्तिमा लेखेका छन्‌, ‘यस प्रकारको कपोकल्पित, निराधार हल्ला प्रति नलाग्न यो संघ हार्दिक आग्रह गर्दछ ।’

हवाई टिकट लिएका सम्पूर्ण यात्रुहरूले विषम परिस्थितिका बाबजुद उडान भर्न नपाएको खण्डमा सदस्य वायुसेवा कम्पनीहरूबाट काटिएको टिकटको सम्पूर्ण रकम समेत फिर्ता गर्ने उनले जानकारी दिएका छन्‌ ।

विषम परिस्थितिका कारण आम जनसमुदायमा पर्न गएको असुविधाप्रति संघले क्षमायाचना पनि गरेको छ ।

सङ्घको विज्ञप्ति :

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ५५ बजे

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल