सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ « Khabarhub

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति कम हुने गरी परिचालित भएको जनाएको छ ।

आज साँझ एक विज्ञप्ति जारी गर्दै सशस्त्रले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन र संयमित भई सामाजिक सद्भाव कायम राख्ख सम्पूर्ण पक्षमा हार्दिक अनुरोध पनि गरेको छ ।

‘हाल भइरहेको जेन-जी आन्दोलनमा सशस्त्र प्रहरी बल, नेपाल जनधनको क्षति कम हुने गरि पूर्णरूपमा संयमताका साथ परिचालन भइरहेको छ’, विज्ञप्तिमा लेखिएको छ ।

सशस्त्रले आन्दोलन क्रममा हुन पुगेको अपूरणीय क्षतिप्रति दुखः प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

नागरिकको जिउ, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाको लागि यस विषम परिस्थितिमा राष्ट्रिय सम्पतिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन सबै पक्षमा अनुरोध पनि गरेको छ ।

सशस्त्र प्रहरीको विज्ञप्ति :

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ३६ बजे

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल