जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी « Khabarhub

जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबीको करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको हो ।

निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को सङ्ख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ०९ बजे

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा