बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने (तस्बिरहरू) « Khabarhub

बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने (तस्बिरहरू)


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोशी खोलामा आएको बाढीका कारण १६ ठाउँमा क्षतिग्रस्त बनेको बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।

क्षतिग्रस्त सडकमध्ये नौँ ठाउँमा करिब १ हजार ८ सय ४५ मिटर मर्मत सम्भार सम्पन्न भइसकेको छ । बाँकी सात स्थानमा करिब १ हजार ९ सय ९७ मिटरमा डाइभर्सन निर्माण लगायत मर्मतको काम भइरहेको विभागले जनाएको हो ।

‘बाढीले क्षति पुर्‍याएको कुल ३ हजार ८ सय ४२ मिटर सडक हो, यसमध्ये डालाबेँसी ५ सय मिटर,  कालढुंगा ४ सय १०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर,  चौकीडाँडामा ३ सय ७५ मिटर र दाप्चा पुलमा ८० मिटर सडकमा काम सकिएको छ,’ सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

त्यस्तै बाँकी सात स्थान — माम्तीमा ४ सय मिटर, लोअर पिप्ले २ सय २० मिटर , अपर पिप्ले २ सय २० मिटर बोक्सीकुना २ सय,  चिउसीवास १ सय २० मिटर  र चार सय बेँसीमा ३ सय मिटर, अपर माम्ती २ सय ३५ मिटर सडक खण्डमा अहिले अस्थायी डाइभर्सन निर्माणको काम आजै सम्पन्न गर्ने गरी काम भइरहेको नबकान्तिपुर जोईन्ट भेञ्चरका प्रतिनिधि जनक भट्टले जानकारी दिए ।

उपत्यकालाई देशका पूर्वी जिल्लाहरूसँग जोड्ने लाइफलाइनका रूपमा रहेको उक्त राजमार्ग जतिसक्दो छिटो सुचारु गर्न नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ बिहीबार दिउँसो स्थलगत अनुगमनका लागि त्यहाँ पुगेर थिए ।

गत वर्ष असोज ११ र १२ गरेको बाढीले क्षति पुर्‍याएको सडकमा निर्माण गरिएको डाइभर्सन यस वर्ष बाढीले बगाउँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।

सडक डिभिजन कार्यालयको लगानीको बनेको उक्त अस्थायी डाइभर्सन रोशी खोलाको बाढीले बगाउँदा करिब ३ करोड बराबरको क्षति पुगेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

 हाल सडक मर्मत तथा पुनर्निर्माणका लागि कुल १६/१७ वटा उपकरणहरू परिचालनमा रहेको छ ।

त्यस्तै प्याकेज ३ अन्तर्गत सुख्खा पहिरो देखि माम्ती सम्मको डाइभर्सन भने भोलिसम्म सम्पन्न गरी राजमार्ग पूर्ण रूपमा संचालन हुने नबकान्तिपुर जोईन्ट भेञ्चरका प्रतिनिधि जनक भट्टको भनाई छ ।

खोलामा पानीको बहाव कायम नै रहेका कारण काम गर्न केही कठिनाइ रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ४ : ४९ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका