अर्थसंक्षेप : ऊर्जामन्त्रीसामु बाढीप्रभावित जलविद्युतका ७ माग, सर्किट लागेको नेप्से २२ अंकमा सीमित र राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेन्जर कम्पनीको इजाजत « Khabarhub

अर्थसंक्षेप : ऊर्जामन्त्रीसामु बाढीप्रभावित जलविद्युतका ७ माग, सर्किट लागेको नेप्से २२ अंकमा सीमित र राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेन्जर कम्पनीको इजाजत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एमाले गर्जनको सेयरबजारमा नकारात्मक प्रभाव, सर्किट लागेको नेप्से २२ अंकमा सीमित

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भक्तपुरको गुन्डुबाट एमालेले गरेको गर्जनको नकारात्मक प्रभाव परेको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्से सेयर कारोबारको ३ मिनेटमा नै सकारात्मक सर्किट लागेकोमा कारोबारको अन्तिम समयसम्म आउँदा भने २२.५९ अंकले मात्रै बढेको हो ।

एमालेमा पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीको कोर समूहमा रहेका नेताहरूले भक्तपुरबाट मुलुकमा थप राजनीतिक अनिश्चय पैदा गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सेयर बजारमा प्रभाव परेको अनुमान गरिएको छ ।

जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी

तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र

चन्दा सङ्कलनबाट म्याग्दी र कास्की जोड्ने ट्र्याक निर्माण

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैँकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्ता अनधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ ।

अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…

अस्थायी ‘डाइभर्सन’ बनाएर बीपी राजमार्ग सञ्चालन गरिँदै

काँक्रोखेतीतर्फ किसान आकर्षित

ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढी प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ ।

बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुनर्निर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए ।

२०८० जेठ ३२ र असार १ गते, २०८१ असार र साउन तथा असोज ११/१२ र २०८२ को असार/साउन र हालैको बाढीबाट क्षतिग्रस्त आयोजनाहरू सबैलाई मध्यनजर गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमति पत्रको अवधि, कर्जा पुनर्तालिकीकरण, लङटम फाइनान्सिङ र भन्सार महसुलमा छुट लगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने पनि अध्यक्ष कार्कीले बताए ।

सुनको मूल्य निरन्तर अकासिँदो

पर्सामा नौ सय ६३ उद्योग दर्ता

राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेन्जर कम्पनीको इजाजत

नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ । बैंकको विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

काठमाडौं मित्रनगरमा सञ्चालनमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलमा सञ्चालनमा रहेको केटिएम ओम मनि एक्सचेन्ज प्रालिको इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

दसैँपछि मुस्ताङ भन्सार सञ्चालनमा

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ५० बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति