आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर कृष्ण पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ९ तारिख। विश्व स्वतन्त्रता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले धोका दिनेछन् । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ ।

वृष : धेरै साथीको साथ पाउने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा फाइदा हुनेछ । परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सहज छ । संगठनमा तपाईंको कामको प्रशंसा हुनेछ । हरेक काममा आफन्तको साथ मिल्नेछ । बोलीमा ख्याल गर्नु राम्रो हुनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : साना कुरामा रिस उठ्नसक्छ । शान्त बन्न सिक्नुपर्नेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारमा मेलमिलाप हुनेछ । राजनीति भन्दा कृषि र पशुपालनको क्षेत्रमा फाइदा हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।

सिंह : बोली र व्यवहारमा सचेत बन्नुपर्नेछ । फलामको व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी काममा भन्दा परोपकारमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ । स्वास्थ्यले साथ दिनेछ ।

तुला : अप्रिय खबरले मन दुःखी हुनेछ । प्राविधिक शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

वृश्चिक : दिन राम्रो छ । बोलीको प्रभावले अरुको परोपकार गर्न सकिनेछ । समाजसेवामा झुकाव रहनाले परिवारलाई समय दिन कठिन हुनसक्छ । सामाजिक सेवाको अवसर मिल्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा सोचेका काममा सफलता मिल्नेछ ।

धनु : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । राजनीतिक संगठनमा राम्रो पहुँच बन्नेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : दिन सामान्य छ। व्यवहारमा कुशलता प्रदर्शन गर्ने दिनछ । शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारमा खटपटी बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

कुम्भ : दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । विशेष गरेर दाजुभाइ र दिदीबहिनीले असहयोग गर्ने जोखिम छ । आफ्नो योजना सफल पार्न गणेशको पूजा गर्नु राम्रो हुनेछ ।

मीन : स्वास्थ्यमा समस्या हुनसक्छ । टाउको दुख्ने र पेट सम्बन्धी समस्याले सताउने छ । मध्य साढेसाती दशाले सञ्चित धनको खर्च गराउन सक्छ । बिहान उठेर शिवको भजन र पुजन गरेमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ०६ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि