स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण « Khabarhub

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ ।

चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समुदायसँग जोडिएर सामाजिक उत्तरदायित्व वहन गर्दै आएकाले यस्तो अभियानले स्थानीयमा सुरक्षाप्रतिको विश्वास र आत्मीयता बढाएको बताए ।

स्थानीयवासीले पनि सशस्त्र प्रहरीले सञ्चालन गर्ने सामुदायिक सेवा कार्यक्रमले सीमावर्ती बस्ती र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ भएको प्रतिक्रिया दिएका छन् ।

सशस्त्र प्रहरी बलले देशका दुर्गम तथा सीमावर्ती क्षेत्रमा अध्ययनरत विद्यार्थी, विपन्न परिवार र विपद्पीडित नागरिकका लागि नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । (रासस)

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ३८ बजे

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र शुरु

गलकोट– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको

दुई नयाँ सदस्य मनोनयनपछि कांग्रेसको निर्वाचन समितिले पायो पूर्णता 

काठमाडौं– दुई नयाँ सदस्य मनोनीत गरेसँगै नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन

संसद् भवन परिसरमा जेन-जी सहिदका सालिक निर्माणको सम्भाव्यता खोज्न गृहमन्त्रीद्वारा निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वमन्त्रीहरूसहित ५५ जनाविरुद्ध ८ अर्ब ३६ करोडको बिगोसहित मुद्दा

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान