जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर) « Khabarhub

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ पुस्ता अर्थात् जेन-जी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढाल्न पुग्यो र यही आन्दोलनको क्रममा करिब ७६ जना भन्दा बढीले आफ्नो ज्यान गुमाउन पर्यो ।

आन्दोलनका क्रममा देशको महत्वपूर्ण संरचना तोडफोडसँगै आगजनी गरियो र देश नै राज्यविहीन जस्तै भयो । सो आन्दोलनले काठमाडौंका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ ।

आन्दोलनको प्रभावले शहरका सडक, भवन र सार्वजनिक स्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देश सहित राजनीतिक दलका नेताहरूप्रति आक्रोश पोखिएको देखिन्छ ।

आन्दोलनपछि काठमाडौंका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ ।

कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन् भने कतै आन्दोलनका शहीदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देशसमेत चित्रित गरिएको छ ।

आन्दोलनका ती दिनहरूमा लेखिएका केही अश्लील नाराहरू अझै पनि मेटिएका छैनन् । तर, सडक विभाग र रत्नपार्क आसपासका भित्ताहरूमा अहिले शहीदप्रतिको श्रद्धा र परिवर्तनको आकाङ्क्षा झल्काउने नयाँ चित्रहरू देख्न सकिन्छ ।


तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ४७ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड