ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो, धान फल्यो ? « Khabarhub

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो, धान फल्यो ?

घर जल्यो भनेर उजुरी दिँदा प्रहरीले नलिने अवस्था बनाइएको आरोप


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फैलिएको अस्थिरता र त्रासको वातावरणका लागि जेन-जी आन्दोलनलाई जिम्मेवार ठहराएका छन्।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘युवाहरूलाई भड्काउनका लागि जेनेरेशन जेड अभियान चलाइयो। अहिले देशमा शान्ति छैन, डर र त्रास मात्र छ।’

ओलीले हालको अवस्थालाई नदेखिने त्रासका रूपमा चित्रण गर्दै भने, ‘सञ्चारकर्मीहरूको सुरक्षा युवाले गर्नुपर्ने भएको छ। प्रहरीहरू पनि त्रसित भएका छन्, अब हामीले उनीहरूलाई साहस दिनुपर्छ भन्ने स्थिति आएको छ।’

उनले भदौ २३ र २४ गते भएका तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई जेन-जी आन्दोलनका युवा होइनन्, आपराधिक तत्व हुन् भनेका छन् ।

‘जेन-जीहरू त भदौ २३ गते बानेश्वरबाट घर फर्किसकेका थिए । त्यहाँ गएकामध्ये कसैलाई छेकेर गोली चलाउने ठाउँमा लगिएको थियो,’ उनले भने, ‘अहिले ती नै कराउँदै छन्, नाटक गर्दै आन्दोलनका उपलब्धिको कुरा गर्छन्। सिंहदरबार जलाएर के पाइन्छ? सिंहदरबार जलाएर के मिल्यो ? त्यो जलाएपछि धान फल्छ?’

ओलीले देशभरमा १६ सय संरचना जलाइएको दाबी गर्दै त्यसले नेपालको अर्थतन्त्रलाई २५ वर्ष पछाडि धकेलेको बताए। उनले भने, ‘अब देशमा कोही पनि डराउनुपर्ने छैन। एमालेले कसैका घर, पसल वा उद्योग जलाउन दिने छैन। हामी नागरिकको सुरक्षाका लागि तयार छौं।’

उन अहिले देशमा कानून र शासनको अवस्था कमजोर रहेको बताए । ‘घर जल्यो भनेर उजुरी दर्ता गर्न जान्दा नलिने आदेश दिइन्छ। जलाउने व्यक्तिलाई पक्रिँदा पनि माथिबाट छोड्न आदेश आउँछ। प्रहरीका हतियार खोस्ने र चौकी जलाउनेलाई कारबाही गर्न नदिइने अवस्था छ’, उनले भने ।

ओलीले गैरकानुनी र असंवैधानिक सरकारले दिएको आदेशले कानूनी शासनलाई ध्वस्त पारेको बताए। देशलाई अब कानूनी मार्गमा फर्काउनुपर्ने बेला आएको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ४ : १२ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने