ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो, धान फल्यो ? « Khabarhub

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो, धान फल्यो ?

घर जल्यो भनेर उजुरी दिँदा प्रहरीले नलिने अवस्था बनाइएको आरोप


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फैलिएको अस्थिरता र त्रासको वातावरणका लागि जेन-जी आन्दोलनलाई जिम्मेवार ठहराएका छन्।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘युवाहरूलाई भड्काउनका लागि जेनेरेशन जेड अभियान चलाइयो। अहिले देशमा शान्ति छैन, डर र त्रास मात्र छ।’

ओलीले हालको अवस्थालाई नदेखिने त्रासका रूपमा चित्रण गर्दै भने, ‘सञ्चारकर्मीहरूको सुरक्षा युवाले गर्नुपर्ने भएको छ। प्रहरीहरू पनि त्रसित भएका छन्, अब हामीले उनीहरूलाई साहस दिनुपर्छ भन्ने स्थिति आएको छ।’

उनले भदौ २३ र २४ गते भएका तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई जेन-जी आन्दोलनका युवा होइनन्, आपराधिक तत्व हुन् भनेका छन् ।

‘जेन-जीहरू त भदौ २३ गते बानेश्वरबाट घर फर्किसकेका थिए । त्यहाँ गएकामध्ये कसैलाई छेकेर गोली चलाउने ठाउँमा लगिएको थियो,’ उनले भने, ‘अहिले ती नै कराउँदै छन्, नाटक गर्दै आन्दोलनका उपलब्धिको कुरा गर्छन्। सिंहदरबार जलाएर के पाइन्छ? सिंहदरबार जलाएर के मिल्यो ? त्यो जलाएपछि धान फल्छ?’

ओलीले देशभरमा १६ सय संरचना जलाइएको दाबी गर्दै त्यसले नेपालको अर्थतन्त्रलाई २५ वर्ष पछाडि धकेलेको बताए। उनले भने, ‘अब देशमा कोही पनि डराउनुपर्ने छैन। एमालेले कसैका घर, पसल वा उद्योग जलाउन दिने छैन। हामी नागरिकको सुरक्षाका लागि तयार छौं।’

उन अहिले देशमा कानून र शासनको अवस्था कमजोर रहेको बताए । ‘घर जल्यो भनेर उजुरी दर्ता गर्न जान्दा नलिने आदेश दिइन्छ। जलाउने व्यक्तिलाई पक्रिँदा पनि माथिबाट छोड्न आदेश आउँछ। प्रहरीका हतियार खोस्ने र चौकी जलाउनेलाई कारबाही गर्न नदिइने अवस्था छ’, उनले भने ।

ओलीले गैरकानुनी र असंवैधानिक सरकारले दिएको आदेशले कानूनी शासनलाई ध्वस्त पारेको बताए। देशलाई अब कानूनी मार्गमा फर्काउनुपर्ने बेला आएको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ४ : १२ बजे

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा