अर्थसंक्षेप : सुरक्षण मुद्रण केन्द्र चलेपछि अर्बौँको बचत, महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल र ३० अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : सुरक्षण मुद्रण केन्द्र चलेपछि अर्बौँको बचत, महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल र ३० अंकले घट्यो नेप्से


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद भएको बताएका छन् ।

आइतबार बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।

जेन-जी आन्दोलनको उद्देश्य आक्रमण नभएको उल्लेख गर्दै उनले आन्दोलनका नाममा घुसपैठ गर्नेलाई कारबाही हुनुपर्ने माग गरे ।

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

साताको पहिलो दिन ३० अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ । आज नेप्सेमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५६६.०९ बिन्दुमा पुगेको हो । नेप्से घटेसँगै आज नेप्सेका पुँजीकरण पनि १.१५ प्रतिशतले घटेको छ ।

नेप्सेमा आज भएको कारोबारमा २ सय २२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आज नेप्सेमा दरमखोला हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । आज नेप्से परिसूचक घट्दा सबै समूहको उपसूचक पनि राताम्य बन्न पुगेको छ ।

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

सडकको कालोपत्र र ढलान सुरु

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यस पटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ ।

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रूपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।

जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रूपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताए । स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो ६० देखि ६५ रुपैयाँ सम्ममा सुन्तला बिक्री गर्दै आएको उनले बताए ।

बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौँको बचत

काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो ।

हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरू पुनः प्रयोगमा ल्याउन सरसफाइ एवं जडान गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउन छ महिना लाग्ने जनाइएको छ ।

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : २६ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती