पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता « Khabarhub

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर दबाब दिइरहेको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले उक्त जानकारी दिएका हुन्।

संसद् सचिवालय भने सकेसम्म सुविधा दिने पक्षमा रहेको महासचिव पद्मप्रसाद पाण्डेयले खुलासा गरेका छन्। कतिपय कानूनी बन्धन र सरकारले गरेका निर्णय पालना गर्नुपर्ने भएकाले यस्तो सुविधा दिन अप्ठेरो परेको उनको भनाइ छ।​

रष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतवार बसेको बैठकमा पाण्डेले यस्तो जानकारी दिएका हुन्। सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूका स्वकीय सचिवहरू हटाइएकाले यसले असहज स्थिति सिर्जना गराएको उनले गुनासो गरे।​

राष्ट्रियसभाका उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखलाई समेत यसले असहज बनाएको उनको भनाइ छ। उनका अनुसार अर्थ मन्त्रालयले बारम्बार पूर्वपदाधिकारीहरूले पाएका सुविधा फिर्ता भए वा नभएको विवरण मागिरहेको छ। उनले हाल राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्ष नभएकाले ती दलले पाउने अतिरिक्त सुविधा कटौती गर्न माग आइरहेको उनले जानकारी दिए।

पाण्डेले भने, ‘सबै माननीयहरूका स्वकीय सचिव हटाइएको छ। यसमा राष्ट्रियसभाका उपाध्यक्ष पनि पर्नुभयो। अहिले प्रतिनिधिसभाको हकमा प्रतिनिधिसभाका सदस्य नभएका कारणले त्यो समस्या परेन तर प्रतिनिधिसभाकी उपसभामुख अहिले पनि हुनुहुन्छ, उहाँलाई पनि अप्ठ्यारो पारेको अवस्था छ। पूर्वसभामुखहरूले लिएका सुविधा फिर्ता भएका छन्। हामीलाई तारन्तार अर्थ मन्त्रालयबाट कति सुविधा फिर्ता भए‚ कति भएनन् भनेर मौखिक सन्देश आउने गरेको छ।’

संसद् सचिवालयले भने सकेसम्म सुविधा प्रदान गर्न सकारात्मक रहेको बताए। यद्यपि कतिपय कानूनी बन्धन र सरकारले गरेका निर्णय पालना गर्नुपर्ने भएकाले केही अप्ठेरो परिस्थिति सिर्जना भएको उनको भनाइ छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ४४ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने