भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न « Khabarhub

भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ ।

भारतीय राजदूतावास, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा उद्‌घाटन गरेका थिए ।

महोत्सवले बौद्ध धर्म केन्द्रित सांस्कृतिक सम्पदाको साझा परम्परा प्रदर्शन गरेको भारतीय दूतावासले जनाएको छ । भारतबाट आएको ६ सदस्यीय आईसीसीआर समूहले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो । साँझमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ ले परम्परागत सङ्गीतको प्रस्तुती दिएको थियो ।

यसअघि बिहान बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेज : अ कमन लिगेसी’ शीर्षकको शैक्षिक गोष्ठी भएको थियो ।

भारत र नेपालका बौद्ध विशेषज्ञहरूले साझा सम्पदाले दुई देशबीचको सांस्कृतिक सम्बन्ध कसरी गहिरो बनाएको छ भन्ने विषयमा आफ्ना धारणा राखेका थिए । 

कार्यक्रमले नेपाल र भारतबीच रहेको ऐतिहासिक र सांस्कृतिक नाता अझ मजबुत बनाएको भारतीय राजदूतावासले जनाएको छ ।

कार्यक्रममा नागरिक समाजका सदस्य, शिक्षाविद, वरिष्ठ भिक्षु र लुम्बिनी विकास कोषका सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ०१ बजे

महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक

११ औं महाधिवेशनको तयारीः मंसिर २५ भित्र महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ– नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय,

भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न

काठमाडौं– लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ

एभरेष्ट भेट्रान कपमा युनाइटेडको विजयी सुरुवात

मोरङ– मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप