बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा… « Khabarhub

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।

तिलागुफा नगरपालिका– १ चौरभिग्मस्थित सो विद्यालय भवनलाई २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं २०७९ सालको वर्षाका कारण केही क्षति भएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए । भूकम्प गएको करिब १० वर्षपछि विद्यालयको हाताभित्र नयाँ तीनकोठे पक्की भवन तयार भएको हो ।

नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा विद्यालय भवन बनाउन सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भवन बनाउन सहयोग गरेको हो ।

विद्यालयका शिक्षिका रञ्जना अधिकारीका अनुसार २०६४ सालमा स्थापना भएको सो विद्यालयमा हाल ४० बालबालिका मात्र अध्ययन गर्दछन् ।

यसपछि थप अध्ययन गर्न यहाँका बालबालिका मालिका माविमा जाने गर्दछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णजीत बुढाले भने, ‘कक्षा कोठा नहुँदा बालबालिका कहिले खुला चौर त कहिले जीर्ण भवनका कोठमा बस्न बाध्य थिए । बल्ल नयाँ भवन बन्यो । यसका लागि तिलागुफा नगरपालिकाका मेयर  र नेपाल रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।’

नवनिर्मित भवनको अवलोकन गर्न आइपुगेका तिलागुफा नगरपालिकाका  प्रमुख शङ्करप्रसाद उपाध्यायले आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने अन्य स्रोतसाधन सहयोग गर्ने जानकारी दिए । यस विद्यालयमा अतिविपन्न समुदायका बालबालिका अध्ययन गर्दछन् । नगरप्रमुख उपाध्यायको विशेष सक्रियतामा विद्यालयको नयाँ भवन बनेको हो ।

तिलागुफा– १ का वडाध्यक्ष मनबहादुर बुढाले बालबालिका चौरमा बसेर पढ्नुपर्ने अवस्था अन्त्य भएको र आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन वडाले पहल र समन्वय गर्ने जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालका अनुसार विनाशकारी गोरखा भूकम्पबाट क्षति भएका विद्यालय भवन र अन्य विपदबाट क्षति भएका विद्यालय, स्वास्थ्य संस्था, खानेपानीका संरचना जस्ता सार्वजनिक संरचनालाई पुनर्निर्माण गर्न नेपाल रेडक्रसले निरन्तर सहयोग गर्दै आएको छ ।

‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का  जिल्ला संयोजक रवि लामिछाने विकट क्षेत्रका समुदायका मागलाई सम्बोधन गर्न कार्यक्रमले आफ्ना गतिविधिमा नगरपालिकालाई सहयोग गरिराखेको जानकारी दिए ।

शौच गर्न जङ्गल छिर्नुपर्ने अवस्थाको अन्त्य
सत्यदेवी माध्यमिक विद्यालयका बालबालिकाले घरबाटै  खानेपानी लिएर विद्यालय आउन नपर्न भएको छ । तिलागुफा नगरपालिका वडा ६ जुविथास्थित बालीचौर स्थित सो विद्यालयमा खानेपानी सुविधा भएपछि वर्षौँपछि बालबालिकाले घरबाटै  खानेपानी लिएर विद्यालय आउन नपर्ने भएको हो ।

२०३८ सालमा यो विद्यालय स्थापना भएको थियो । तिलागुफा नगरपालिकाले लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम मार्फत् खानेपानी सहित शौचालय, विद्यालय भवनमा ‘च्यानल गेट’ राख्न सहयोग गरेको थियो ।

कक्षा नौमा अध्ययनरत नर्जन शाहीले भने, ‘विद्यालय मै खानेपानीको धारा जडान भएपछि घरबाटै  खानेपानी लिएर विद्यालय आउनुपर्ने अवस्था र शौच गर्न जङ्गल छिर्नुपर्ने अवस्था अन्त्य भएको छ ।’ जुनियर तथा युवा रेडक्रस सर्कल कार्यसमितिका अध्यक्षसमेत रहेका शाहीले भने, ‘शौच गर्न जङ्गल छिर्नु पर्दा पठनपाठनमा समस्या भएको थियो । शौचालय बनेपछि सुविधा भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद ।’

विद्यालयका प्रधानाध्यापक सनम शाहीले, ‘विद्यालय भवनको तल्लो तलामा बालबालिका माथिल्लो तलामा गाईवस्तु हुन्थे । गाईवस्तुका गोबर सफा गरेर र गाईवस्तुलाई बाहिर धपाएर मात्र बालबालिका कक्षाकोठामा पस्नुपर्ने अवस्था थियो । भवनमा च्यानल गेटको व्यवस्था भएपछि विद्यालय भवनमा गाईवस्तु छिर्न बन्द भएका छन् ।’

उनले विद्यालयमै खानेपानी सुविधा र शौचालय हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमाथि उठ्ने विश्वास व्यक्त गरे । (रासस)

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ४२ बजे

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका