पाकिस्तानमा भएको आक्रमणमा, छ जनाको मृत्यु, छ घाइते « Khabarhub

पाकिस्तानमा भएको आक्रमणमा, छ जनाको मृत्यु, छ घाइते


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतङ्ककारीहरूले सुरक्षा फौज माथि आक्रमण गर्दा छ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको सुरक्षा स्रोतले मङ्गलबार जनाएका छन् ।

स्थानीय समय अनुसार सोमबार दिउसो करिब १ः३०मा आतङ्ककारीहरूले कुर्रम जिल्लामा सेनाका जवानहरूमाथि गोली चलाएर आक्रमण गरेको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।

 आक्रमणको प्रतिक्रिया स्वरूप सुरक्षा बलहरूले गोली चलाउँदा बेलुका ७ः५० बजे सम्म निरन्तर आक्रमण जारी रहेको स्रोतले जनाएको छ ।  

तीव्र झडप र अँध्यारोका कारण घटना स्थलबाट मृतक सैन्य कर्मचारीहरूको शव अहिलेसम्म बरामद हुन नसकेको जनाइएको छ ।  

झडपमा घाइते भएका छ जना कर्मचारीहरूलाई सुरक्षित रूपमा उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । 
  
स्रोतहरूका अनुसार दुई दलहरू तैनाथ सैनिकहरूलाई समर्थन गर्न पठाइएको अवस्थामा सन्दिग्ध उग्रवादी समूहले उक्त स्थानहरूमा आक्रमण गरी गोली चलाइएको थियो ।

प्रारम्भिक प्रतिवेदनले झडपमा दुई जना आतङ्कवादी मारिएको र अन्य दुई जना घाइते भएको जनाएको भएता पनि अहिलेसम्म कुनै शव वा घाइते आतङ्कवादीहरू फेला नपरेको  स्रोतले जनाएका छन् । रासस

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १२ : ४४ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार