युरोपेली सँघका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान « Khabarhub

युरोपेली सँघका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गरेका छन् ।
   
बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा चार नेताहरूले युरोपेली सुरक्षाका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ताको महत्वबारे छलफल गरी अहिलेसम्मको प्रगतिमा आफ्नो समर्थन व्यक्त गरेको जनाइएको छ । 

यसै विच उनीहरूले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूलाई आगामी दिनमा यस विषयमा निरन्तर छलफल गर्ने जिम्मा दिएको जनाइएको छ ।
  
उनीहरूले युक्रेनमा कडा सुरक्षा ग्यारेन्टीसहित न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतामा पनि जोड दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कूटनीतिक प्रयासहरू जारी रहँदा, युरोप युक्रेनको साथमा खडा हुनुपर्ने जनाउदै उनीहरुले यसले युक्रेनको रूसी आक्रमणहरू विरुद्ध रक्षा गर्ने क्षमतालाई बलियो हुने विषयमा उनीहरू सहमत भएका छन् । 

यसै सन्दर्भमा  उनीहरूले युक्रेनको पुनः र्निर्माणलाई समर्थन गर्न नियन्त्रमामा लिएको रूसी सार्वभौम सम्पत्तिहरू प्रयोग गर्ने बारे पनि छलफल गरेको जनाइएको छ ।  रासस

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : २८ बजे

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको