एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी « Khabarhub

एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागीका लागि दलहरूलाई निम्ता दिन नेताहरू दौडधुप गरिरहेका छन् । 

महाधिवेशनको निम्तो दिनका लागि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेता महेश बर्तौला र एमाले सचिव रघुवीर महासेठ पुगेका छन् । सभापति देउवाले निम्तो पाएपछि स्वास्थ्यले साथ दिए सकेसम्म महाधिवेशन उद्घाटन सत्रमा उपस्थित हुने वचन दिएका छन् । 

स्रोतका अनुसार देउवा एमालेको उद्घाटन सत्रमा नपुगे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरिरहेको बुझिन्छ । 

नेकपा एमालेले संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिरका अन्य दलहरूलाई पनि पार्टी महाधिवेशनको निम्तो दिइरहेको छ । यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुनका लागि निम्तो दिने एमालेको तयारी छ। 

अन्य पुराना सम्पूर्ण दलहरूलाई महाधिवेशनमा उपस्थित हुने निम्तो दिए पनि नयाँ दलहरूलाई भने निम्तो नदिने बताइन्छ। 

एमाले स्रोतका अनुसार कुलमानको पार्टी उज्यालो नेपाल, हर्कको पार्टी श्रम संस्कृति, जनार्दनको प्रगतिशील समूह लगायतलाई भने एमालेले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुने निम्तो बाँड्ने छैन। 

यस्तै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निम्तो दिने एमालेको तयारी छ। 

नेताहरूका अनुसार नेकपालाई निम्तो दिन प्रचण्डलाई बर्तौला र महासेठको टिमले नै भेट्ने बुझिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन