तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल « Khabarhub

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गुल्मी– यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित १४ करोड १७ लाख १३ हजार ९३७ लागतमा तीन वर्षअघि निर्माण सुरु गरिएको थियो । सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका–४ स्थित अर्खलेमा निर्माणाधीन उक्त सभाहल जिल्लाकै ठूलो र अत्याधुनिक बन्न लागेको हो ।  

सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर घनश्याम यादवका अनुसार निर्माणाधीन सभाहलको हालसम्म ७५ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तिय प्रगति भएको छ । सभाहल निर्माणको जिम्मा विसं २०७९ कात्तिक २७ गते डिएनडी सत्तेश्वर (याकेट जेभीले लिएको थियो । 

तोकिएको समयमा काम सम्पन्न नगरेपछि २०८२ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर यादवले बताए। उनले यसअघि विभिन्न समस्याका कारण सभाहल निर्माणमा ढिलाइ हुँदा म्याद थप गर्नुपरेको बताए।   

आगामी चैत मसान्तसम्म सभाहल निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी काममा तीव्रता दिन निर्माण व्यवसायीलाई आयोजना कार्यालयले ताकेता गरिरहेको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त सभाहल दुई तलासहित अग्नी नियन्त्रण, भूकम्प प्रतिरोधित, अत्याधुनिक कोठा, गार्डेन, पार्किङ र दुई वटा हल गरी आधुनिक किसिमबाट निर्माण हुन लागेको हो । 

सभाहलमा एकातिर १०८ जना क्षमताको बहुउद्देश्यीय र अर्कोतिर ४३२ जना क्षमताको मुख्य हल गरी कूल ५४० जना क्षमताको हुने जनाइएको छ । सभाहलको सजावटसँगै फर्निचर व्यवस्थापन, गार्डेन र कम्पाउण्ड निर्माण भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिए । उनले निर्माणको काममा तीव्रता दिएको बताए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : ०६ बजे

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने