सामाजिक सुरक्षा कोषमा उद्योग व्यवसाय क्षेत्रलाई समावेश गर्न समझदारी « Khabarhub

सामाजिक सुरक्षा कोषमा उद्योग व्यवसाय क्षेत्रलाई समावेश गर्न समझदारी


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सुरक्षा योजनामा आवद्धता विस्तार तथा उद्योग व्यवसाय क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा प्रभावकारी रूपमा समावेश गराउन सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच मंगलबार एक औपचारिक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णहरि पुष्करको उपस्थितमा आयोजित उक्त कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीसँगै उद्योग परिसंघले आफ्नो आबद्धतामा रहेका संघ-संस्था तथा प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहजीकरण गर्नेछ । 

सोही अवसरमा कोषले उद्योग परिसंघसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तथा कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।

दुवै संस्थाले सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकहरूको आवद्धता बढाउन यो समझदारी महत्त्वपूर्ण कदम रहेको बताउँदै, श्रमिक तथा रोजगारदातामाझ सामाजिक सुरक्षा योजनाका बारेमा अझ सुदृढ ढंगले अग्रसरताका साथ आठौँ सामाजिक सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा: सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ले निर्धारित लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास कोषले लिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ५४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी