खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान « Khabarhub

खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जनप्रेमी वर्ल्ड स्कुल भक्तपुरले आजदेखि सुरु गरेको जेडब्लुएस खेलकुद सप्ताहमा विभिन्न २० वटा खेलमा एक हजार ८०० विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका छन् । 

मध्यपुर युथ एसोसिएसन खेल मैदान सानोठिमीमा आजदेखि सुरु भएको प्रतियोगिताको मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरे । 

उनले मध्यपुरथिमि नगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेको बताउँदै नगरपालिकाले शिक्षा र खेलकुदलाई सँगसँगै विकासका रुपमा अगाडि बढाइरहेको बताए।
    
खेलकुदको विकासका लागि नगरपालिकाले वार्षिक बजेट विनियोजन गर्दै वडावडामा प्रशिक्षण सञ्चालन गरिरहेको र विद्यालयस्तरीय खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा जनप्रेमी वल्र्ड स्कुलका प्रिन्सिपल निलेश आचार्यले विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह मनाउने घोषणा गर्दै विद्यालयस्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरी खेलकुदको प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएको बताए। 

उनले प्रतियोगितामा विजेता हुने टोलीलाई सिल्ड र उत्कृष्ट खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।

    दुई खेलाडीलाई सम्मान 

नेपालको प्रतिनिधित्व गर्दै हालै इजिप्टमा सम्पन्न विश्व च्याम्पियन कराते प्रतियोगितामा सहभागी दुई खेलाडी एरिका गुरुङ र सानुमाया थिङलाई नगद पाँच हजारका दरले पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको छ । 

विद्यालयका अध्यक्ष मनोज आचार्यले नगद एवं नगर प्रमुख श्रेष्ठ र विद्यालयका प्रिन्सिपल आचार्यले सम्मानपत्र प्रदान गरे।

कार्यक्रममा प्रिन्सिपल आचार्यले खेलाडीद्वय गुरुङ र थिङलाई आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेमा नगद ५० हजारका दरले पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ५२ बजे

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म