भन्सार एजेन्ट आन्दोलित « Khabarhub

भन्सार एजेन्ट आन्दोलित


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् । सो आन्दोलनको कारण आजदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ ।

सो आन्दोलनलाई विराटनगरको निजी क्षेत्रले समेत समर्थन जनाएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले सरकारले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी ल्याएको नयाँ भन्सार ऐनको विरोधको समर्थन गरेको बताए। 

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेण्ट महासङ्घ नेपालको आह्वानमा आजदेखि कार्यालयमा काम बन्द गरिएको बताए। आन्दोलनका कारण भन्सार आयात निर्यातको जाँच पास रोकिएको छ । 

विराटनगर भन्सार कार्यालयले सरकारले तोकेको अनुसार दैनिक करिब १४ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य पाएको छ । आन्दोलनका कारण सो लक्ष्य प्राप्तिमा असर परेको छ ।
 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ०८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग