जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । 

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए । 

दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी भएका थिए ।

दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए । नेपालको राज्य प्रणालीका साथै दोषीलाई अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी गर्ने उनले बताए ।

गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे  ।

उनले जेन-जी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमितता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे  । पर्दा पछाडि बसेर राज्य र नेताहरूलाई समेत नचाउने तत्त्वहरू पहिचान भइसकेको उनले बताए ।  

गृहमन्त्री अर्यालले जेन-जी म्याण्डेड अनुसार सरकार अघि बढेको भन्दै जेन-जी सहिद र घाइतेहरूको पक्षमा सरकारले काम गर्ने धारणा राखे ।

सरकारले जेन-जी आन्दोलनका ४५ जना सहिदहरूलाई जेन-जी सुशासन योद्धाका रुपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ भने जिल्लास्तरीय शहीद सूचिमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ । 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : २२ बजे

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा

ब्रिटिस र्‍यापर क्लार्कको स्वीकार: आफ्नै कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु

बेलायत- चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट

एमाले नेताहरूले देउवालाई भेटेर दिए महाधिवेशनको निम्तो

काठमाडौँ– नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ११

यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : भण्डारी छुटे, अधिकारी थुनामै

काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष